
काठमाडौं, १५ भदौ । काठमाडौंको थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ (टीबीसी)ले ‘टीबीसी जब फेयर ३.० को आयोजना गर्ने भएको छ ।
कलेजले थापाथलीस्थित आफ्नै भवनमा आउँदो शुक्रबार (सेप्टेम्बर २) तेस्रो जब फेयरको आयोजना गर्न लागेको हो ।
कलेजको स्नातक तहमा अन्तिम वर्षमा अध्ययनरत बीबीए, बीएस्सी (हन्स) कम्प्युटिङ तथा एसीसीएका विद्यार्थी साथै स्नातोकोत्तर तहको एमएस्सी आईटी, ईएमबीए, एमबिए तथा एमआईबीएम तहका विद्यार्थीहरू पनि जब फेयरमा सहभागी हुन पाउनेछन् ।
जब फेयरमा उत्पादन, रिटेल, अकाउन्टिङ, सूचना प्रविधि तथा बिभिन्न क्षेत्रमा काम गर्दै आएका बहुराष्ट्रिय तथा नेपाली कम्पनीहरूको उपस्थिति रहनेछ । कम्पनीका प्रतिनिधिहरूले टीबीसीमा हाल अध्ययनरत विद्यार्थी तथा पूर्व विद्यार्थीहरूलाई क्षमताको आधारमा कामको अवसर दिनेछन् । त्यस्ता कम्पनीहरूमा लिपफ्रग, दराज, द चौधरी ग्रुप, आइएमएस, बियोण्डआइडी, नेपाल पेमेन्ट सोलुसन (डिजीहब), सुबिसी केबलनेट, जिनिएस डिजाइन्स प्रा.लि, एक्ट ३६०, यति एयरलाइन्स, इसेवा, गेन्स, रिगो टेक्नोलोजी, युनिलिभर, क्लासिक टेक, द आइडिया जार, युएन, लुप नेटवर्क, सुलभ पे, मजेस्टिक मार्केटिङर द ब्रिटिस कलेज रहेका छन् ।
द ब्रिटिस कलेजका एडमिसन तथा मार्केटिङ हेड अमरदिप मण्डल भन्छन्, ‘टीबीसीले हरेक वर्षनेतृत्वदायी भुमिका खेल्दै आइरहेका कम्पनीहरू तथा विद्यार्थीहरूबीचकोदूरीलाई नजिक बनाउनको लागि ब्रिजको रूपमा जब फेयरको आयोजना गर्दै आएको छ । जब फेयरमार्फतयोग्य विद्यार्थीहरूलेकामको अवसर पाउनुको साथैआफ्नो नेटवर्क विस्तार गर्न विशेषअवसर पाउनेछन् ।’
हाल कलेजमा अध्ययनरत तथा पूर्व विद्यार्थीहरूलाई सबैलाई जब फेयरमा सहभागी हुनको लागि कलेजले आग्रह गरेको छ । जब फेयर भन्दा अघि सहभागी हुन चाहने विद्यार्थीहरूले सर्वेक्षण फर्म भर्नुपर्नेछ । जब फेयरमा आउनचाहने विद्यार्थीहरूलाई कलेजले तालिम समेत प्रदान गर्नेछ । विज्ञहरूबाट व्यक्तिगत विवरण (सीभी) बनाउने, तथा क्षमताको बारेमा जानकारी प्रदान गर्ने तथा अन्तर्वार्ताको प्रस्तुति तथा कुराकानीको बारेमा सिकाइनेछ ।
द ब्रिटिस कलेजका स्टुडेन्ट इन्टर्नशीप अफेर्स हेड सुनिल श्रेष्ठले भने,‘टिबिसीले विद्यार्थीहरूलाई हरेक तरिकाले निपुण बनाउन तालिम प्रदान गर्दै आइरहेको छ । उनीहरूलाई आवश्यक पर्ने सीप तथा तालिम ग्रयाजुयट हुनुपुर्व नै सिकिसकेका हुन्छन् । जब फेयर पनि यसै अन्तर्गत विद्यार्थीहरूको उदेश्य परिपूर्ति गर्नका लागि गरिदैँ आएको कार्यक्रम हो ।’















प्रतिक्रिया