
काठमाडौं, १५ भदौ । काठमाडौंको बुद्धनगरस्थित एक घरको छतबाट खसेर दुई जना बालबालिकाको मृत्यु भएको छ ।
अन्दाजी १३ र १४ वर्षका ती दुई जना बालबालिका घरको ६ तलामाथिबाट खसेको बताइएको छ ।
छतबाट खसेर घाइते भएका उनीहरूको सिभिल अस्पतालमा मृत्यु भएको बताइएको छ ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।















प्रतिक्रिया