४ कार्तिक २०८३, बुधबार

विकास आयोजना सञ्चालन गर्दा जनताले दुःख पाउनु भएन : मन्त्री चौधरी

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ भदौ । सहरी विकास मन्त्री मेटमणि चौधरीले विकास आयोजना सञ्चालन गर्दा जनताले दुःख पाउन नहुने बताएका छन् ।

सैंबु नख्खुडोल जग्गा एकीकरण आयोजनाको नव निर्मित सामुदायिक भवनको उद्घाटन गर्दै मन्त्री चौधरीले भने, ‘समयमै निर्माण कार्य नसकिदा जनताले अनेक खाले समस्या झेल्नुपरेको छ । आयोजनाहरू जनताको मनोविज्ञान बुझेर सन्चालन गर्नुपर्छ, जसले गर्दा जनताले लाभ लिन सकुन् । जनताले दुःख पाउनु भएन ।’

आयोजनाको योजना बुन्दा जनतालाई हुने लाभ हेरिनुपर्नेमा जोड दिएका मन्त्री चौधरीले सबै पक्ष जिम्मेवार भएर आयोजना सम्पन्न गर्न एक जुट हुनुुपर्ने धारणा व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंह, महानिर्देशक सुरन्द्रमोहन श्रेष्ठ, काठमाडौँ विकास प्राधिकरणका प्रमुख विकास आयुक्त जानुका ढकाल लगायतको उपस्थिति थियो ।