४ कार्तिक २०८३, बुधबार

म एमालेबाट निर्वाचित सांसद हुँ भन्ने तारा लामालाई नेकपा एसले गर्‍यो कारबाही

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ भदौ । म नेकपा एमालेबाट निर्वाचित सांसद हुँ भन्ने सुदूरपश्चिम प्रदेशसभाका सदस्य तारा लामालाई नेकपा एकीकृत समाजवादीले पार्टी कारबाही गरेको छ ।

कारबाहीस्वरुप सुदूरपश्चिम प्रदेश कमिटीका उपसचिव समेत रहेका लामालाई पदबाट हटाएको छ ।

उनले हिजो सोमबार प्रदेशसभामा विशेष समय लिएर बोल्दै अब उप्रान्त नेकपा एकीकृत समाजवादीमा नरही निर्वाचित भएको पार्टी नेकपा एमालेको सदस्यको हैसियतले प्रस्तुत रहने धारणा व्यक्त गरेका थिए ।

सोही धारणाको आधारमा एकीकृत समाजवादीले उनलाई कारबाही गरेको जनाएको छ ।