४ कार्तिक २०८३, बुधबार

थप २५७ जनामा कोरोना सङ्क्रमण पुष्टि, २५७ जना सङ्क्रमणमुक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप २५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बितेको २४ घण्टामा देशभर गरिएको ३ हजार ९२१ जनाको नमूना परीक्षणबाट २५७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ४५८ जनाको आरटी–पीसीआर गर्दा १४३ जना र २ हजार ४६३ जनाको एन्टिजेन परीक्षण गर्दा ११४ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ लाख ९७ हजार १२२ जना पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन । पछिल्लो विवरण अनुसार नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १२ हजार जना छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २३२ जना संक्रमित संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या ९ लाख ८१ हजार ९७६ जना पुगेको छ । यो कुल संक्रमितको ९८ दशमल ५ प्रतिशत हो ।

अघिल्लो दिन देशभर ४ हजार ११ जनाको नमूना परीक्षण गर्दा २२६ जनामा संक्रमण पुष्टि भएको थियो भने कोरोना सङ्क्रमणका कारण उक्त अवधिमा कसैको पनि मृत्यु भएको छैन । उक्त दिन २२३ जना संक्रमित संक्रमणमुक्त भएका थिए ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३ हजार १४६ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ५८ लाख ७ हजार ७१८ जनाको स्वाब (नमूना) परीक्षण गरिएको छ भने अहिले ३ हजार १४६ जना आइसोलेसनमा छन् ।