१ कार्तिक २०८३, आइतबार

टस जितेको नेपालले रोज्यो ब्याटिङ, शुरूवाती प्रदर्शन बलियो

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ भदौ । केन्या विरुद्धको पाँचौं तथा अन्तिम टी–२० खेलमा आज नेपालले टस जितेर ब्याटिङ रोजेको छ ।

नैरोबीमा रहेको जिमखाना क्लब ग्राउन्डमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

सोही अनुसार अहिले नेपालले ब्याटिङ गरिरहेको छ । पहिलो चार ओभरको खेलमा नेपालले २८ रनको स्कोर बनाएको छ । अर्जुन साउँद र ज्ञानेन्द्र मल्लले पार्टनरशीप ब्याटिङ गरिरहेका छन् ।

चार खेल सकिँदा सिरिज २–२ को बराबरी अवस्थामा छ । नेपाल पाँचौं खेल जित्दै सिरिज जित्ने सोचमा छ ।

नेपालको तर्फबाट सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल, अर्जुन साउद (विकेटकिपर), विवेक यादव, दीपेन्द्रसिंह ऐरी, आदिल अन्सारी, करण केसी, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, वसिर अहमद र पवन सरार्फ मैदानमा उत्रिएका छन् ।