४ कार्तिक २०८३, बुधबार

चालू पुँजी कर्जासम्बन्धी राष्ट्र बैंकको प्रावधानले उद्योग व्यवसाय धरापमा : चेम्बर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ भदौ । कमर्शले चालू पुँजी कर्जासम्बन्धी राष्ट्र बैंकको प्रावधानले उद्योगी व्यवसायीलाई हतोत्साही बनाएको बताएको छ ।

राष्ट्र बैंकको पछिल्लो प्रावधानले उद्योग व्यवसायका लागि कर्जा माग गर्नै नसक्ने अवस्था आएको र यसले समग्र आर्थिक गतिविधिमै गम्भिर असर गर्न सक्ने चेम्बरको ठहर छ । चेम्बरले आज एक विज्ञप्ति जारी गर्दै चालू पुँजी कर्जा सम्बन्धमा पर्ने असरबारे बिभिन्न ११ बुँदामा राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ ।

‘चालू पुँजी कर्जा सम्बन्धमा उल्लेखित प्रावधानले आवश्यकता अनुसारको कर्जा माग गर्न असहज हुने, उद्योग व्यापार घटाउने, आर्थिक गतिविधि विस्तारमा रोक लगाउने एवम् रोजगारीमा असर देखिन सक्छ,’ चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

चालू पुँजी कर्जा लिएपछि ऋणीले चल्ती खाता र कर्जा खाता छुट्टाछुट्टै सञ्चालन गर्नुपर्ने व्यवस्थाप्रति पनि चेम्बरले आपत्ति जनाएको छ । चेम्बरले भनेको छ, ‘पछिल्लो प्रावधानले व्यवसायबाट भएको आम्दानी तत्काल कर्जा खातामा दाखिला गर्न नसक्ने भएकाले व्याजको दायित्व झन बढ्ने देखिन्छ । यसकारण एकल रूपमा कर्जा खाताको मात्रै व्यवस्था अनिवार्य गरिनुपर्दछ ।’ चालू पुँजीसम्बन्धी प्रावधानले समग्र उद्योगी व्यवसायी र बैंक वित्तीय संस्थाबीच क्रम भङ्गता हुने समेत चेम्बरको ठहर छ ।

अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रले आफ्नो गतिविधि बढाउनुपर्ने भए पनि चालू पुँजी कर्जासम्बन्धी पछिल्लो व्यवस्थाले उद्योग व्यवसाय ठप्प हुने अवस्था रहेको चेम्बरले जनाएको छ ।

चेम्बर अफ कमर्सले चालू पुँजी कर्जासम्बन्धी अव्यवहारिक नीति तत्काल संशोधन गर्न समेत सम्वन्धित निकायसँग आग्रह गरेको छ ।