१ कार्तिक २०८३, आइतबार

१०२ रनको सामान्य लक्ष्य पाएको नेपाल ७ रनले पराजित

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ भदौ । केन्यासँगको चौथो टी–२० खेलमा नेपाल ७ रनले पराजित भएको छ ।

आजको खेल जित्न १०२ रनको लक्ष्य पाएको नेपालले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा ९४ रन मात्रै बनायो ।

नैरोबीस्थित जिमखान क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा सबै विकेट गुमाएपछि १०१ रनमा सीमित बन्यो र नेपालाई १०२ रनको मात्रै विजय लक्ष्य प्रस्तुत गरेको थियो ।

यसअघि भएका खेलहरूमध्ये पहिलो खेलमा नेपाल ५ विकेटले विजयी भएको थियो । दोस्रो खेलमा १८ रनले पराजित हुँदा तेस्रो खेलमा ४ विकेटले विजयी भएको छ ।

यो परिणामसँगै नेपालर केन्याको श्रृङ्खला बराबरी भएको छ । अन्तिम खेल भोलि हुने छ ।