४ कार्तिक २०८३, बुधबार

वैदेशिक रोजगारको ठगीमा २० वर्षीया युवती सक्रिय, रोमानियाका नाममा १७ लाख गठेपछि परिन् फन्दामा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ भदौ । वैदेशिक रोजगारीका लागि रोमानिया पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिसँग १७ लाख ७५ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले काभ्रेकी पुनमाया श्रेष्ठलाई पक्राउ गरेको छ ।

जिल्लाको नमोबुद्ध नगरपालिका–४ स्थायी घर भएकी श्रेष्ठले विभिन्न व्यक्तिसँग प्रतिव्यक्ति ६ लाख रुपैयाँका दरले पैसा उठाएर ठगी गरेको प्रहरीको भनाई छ ।

फुड प्याकिङको काममा मासिक ७५ हजार रुपैयाँ तलब हुने भन्दै विभिन्न व्यक्तिसँग पैसा उठाएर सम्पर्कविहीन भएकी उनलाई प्रहरीले आज पक्राउ गरी आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभागको जिम्मा लगाइएको छ ।