
काठमाडौं, १३ भदौ । भन्सार छलेर चोरी पैठारी गरी ल्याइएको विभिन्न ब्राण्डका ४५ थान मोबाइलसहित दुई जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ का २७ वर्षीय प्रकाश थापा र ओखलढुंगाको लिगु गाउँपालिका–१ का २६ वषीय सैलेश कार्की छन् । उनीहरूलाई गोप्य सूचनाको आधारमा अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले हिजो आइतबार साँझ बालाजुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बालाजुस्थित बाईसधारामा प्रकाश थापाले सञ्चालन गरेको एसयूटी पुट टेक्नोलोजी प्रालि नामको पसलमा खानतलासी गर्दा खवैध रूपमा ल्याइएको मोबाइलका साथै उनीहरू दुवै जनालाई पक्राउ गरिएको हो ।
सो क्रममा प्रहरीले भिभोका ६ थान, ओप्पोका २ थान, सामसङका १ थान, रेडमीका ७ थान, एमआईका २५ थान, रियलमीका ३ थान र पोकोका १ थान मोबाइल बरामद गरिएको छ ।
उनीहरूलाई आवश्यक कारबाहीका लागि अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको प्रहरीले बताएको छ ।















प्रतिक्रिया