
काठमाडौं, १३ भदौ । नागरिकता विधेयक पुनर्विचारका लागि बसेको विधायन व्यवस्थापन समितिको बैठकबाट नेकपा एमालेका सांसदहरू बाहिरिएका छन ।
औपचारिक रूपमा बैठक बहिष्कार नभनिए पनि बैठकबाट एमालेका सबै सांसदहरू बाहिर निस्केका हुन् ।
१५ सदस्यीय विधायन समितिमा एमालेबाट ३ जना सदस्य देवेन्द्र दाहाल, भगवती न्यौपाने र भैरव सुन्दर श्रेष्ठ छन् । उनीहरू तीनै जना बैठकमा पुगेर बाहिर निस्केको बताइएको छ ।
विधानय समितिमा सत्ता पक्षको बुहुमत छ । बहुमतका कारण छलफलविनै विधेयक पारित गर्ने समितिको तयारीपछि एमालेका सांसदरूले बैठक छोडेर हिँडेको बताइएको छ ।















प्रतिक्रिया