४ कार्तिक २०८३, बुधबार

ठमेलको छायाँ कम्प्लेस भत्काउन सांसद प्रेम सुवालको माग

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ भदौ । ठमेलमा सार्वजनिक पोखरी मिचेर बनेको भवन छायाँ कम्प्लेक्स भत्कान संसदमै आवाज उठेको छ ।

नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले आज बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उक्त कुरा उठाएका हुन् ।

सांसद सुवालले सार्वजनिक कमल पोखरी मिचेर व्यापारिक प्रयोजनका लागि छायाँ कम्प्लेक्स बनाइएको भन्दै सो कम्प्लेस भत्काउन जरुरी रहेको बताए ।

हिजो आइबार मात्रै भारतको नोयडामा नियम मिचेर बनाइएका दुइ वटा ४० तले भवन त्यहाँको सर्वोच्च अदालतको आदेशपछि भत्काइएको उदाहरण दिँदै काठमाडौँमा पनि यस्ता संरचना भत्काउनुपर्ने उनको माग छ ।