४ कार्तिक २०८३, बुधबार

रघुवीर महासेठको दाबी : एमालेले एक्लै बहुमत ल्याएर इतिहास रच्छ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ भदौ । नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले आगामी निर्वाचनमा आफ्नो पार्टीले एक्लै बहुमत ल्याएर इतिहास रच्ने दाबी गरेका छन् ।

उनले एमालेबाहेक यो देशका कुनै पनि शक्तिले राष्ट्रियता र स्वाभिमान बचाउन नसक्ने टिप्पणी गरेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा सहभागी भएका उनले अहिलेको पाँच दलीय गठबन्धनलाई राष्ट्रघातीहरूको संज्ञा समेत दिएका छन् ।

उनले एमालेले आफ्नो सम्पूर्ण शक्ति चुनावमा केन्द्रित गरेको बताउँदै भने, ‘देशमा चुनावी वातावरण बनको छ । सबै पार्टीहरू निर्वाचनको तयारीमा जुटेका छन् । वडा कमिटीदेखि लिएर केन्द्रीय कमिटीसम्म, जे–जे निर्णय गर्नुपर्ने हो, त्यहीअनुसार दलले निर्वाचन प्रक्रिया अघि बढाएका छन् । एमालेले यसपटकको चुनावलाई गम्भीर रूपमा लिएको छ ।’

अहिले जुन प्रकारको वातावरण गठबन्धन सरकारले सिर्जना गरिरहेको छ, त्यो देश र जनताको अनुकुल नभएको भन्दै उनले एमाले राष्ट्रवादी पार्टी भएको हुनाले, जनताको आकांक्षालाई कसरी पूरा गर्ने, राष्ट्रियता कसरी बचाउने, बचाउनका लागि आउने चुनावमा सरकार बनाउन जरुरी देखिएको बताएका छन् ।

‘हामीले यसपटकको बैठकले एमालेले एक्लै चुनावको तयारी गर्नेगरी अघि बढेका छौँ । केन्द्रीय निकायदेखि टोल कमिटीसम्मलाई आवश्यक निर्देशन दिइसकेको छ,’ उनले भने, ‘उद्यपि हामीले स्थानीय तहमा भने कुनै–कुनै ठाउँमा, स्थानीय नेताले तालमेल गर्न इच्छा जाहेर गरे, पार्टीले त्यसमा बाधा अड्चन गर्दैन् ।’