
काठमाडौं, १३ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवासहितका काङ्ग्रेस नेताहरू राष्ट्रपति कार्यालय शितल निवास पुगेका छन् ।
काङ्ग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सोमबार दिउँसो शितल निवास पुगेका हुन् ।
भेटको एजेण्डाबारे खुलाइएको छैन । यद्यपि नागरिकता विधेयकबारे नै छलफल गर्न लागिएको बुझिएको छ ।
पछिल्लो समय विधेयकले गर्दा राष्ट्रपति र सरकार र सत्तारुढ दलसँग दुरी बढेको अवस्था छ ।















प्रतिक्रिया