१ कार्तिक २०८३, आइतबार

नेपाललाई शृङ्खला जित्ने मौका, आज अपराह्न ३ः४५ बजेदेखि खेल सुरु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ भदौ । नेपाल र केन्याबीचको पाँच खेलको ट्वान्टी-२० शृङ्खला अन्तर्गत चौथो खेल आज खेलिदैछ । केन्याको राजधानी नौरबीस्थित जिमखाना क्रिकेट मैदानमा खेल अपराह्न ३ः४५ बजे सुरु हुनेछ ।

आजको खेल जिने नेपाललाई एक खेल अगावै शृङ्खला आफ्नो पक्षमा पार्ने अवसर रहेको छ । शृङ्खलामा नेपालले २-१ को अग्रता लिएको छ ।

पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो भने दोस्रो खेलमा नेपाल १८ रनले पराजित भएको थियो । त्यस्तै तेस्रो खेलमा नेपालले केन्यालाई ४ विकेटले पराजित गरेको थियो ।