
काठमाडौं, १२ भदौ । पिपुल्स पावर लिमिटेडको प्राथमिक शेयर आज बाँडफाँट भएको छ ।
पिपुल्स पावर लिमिटेडको प्राथमिक शेयरको निष्काशनमा आवेदन दिने १६ लाख ३१ हजार ३८ वटा आवेदनमध्ये दोहोरो आवेदनका कारण रद्द भएका १ हजार ६०८ तथा अन्य कारणबाट आवेदन रद्द भएका ३ हजार ५०४ बाहेक बाँकी रहेका योग्य आवेदनहरु १५ लाख ५१ हजार ४ सय १३ वटा मध्येबाट २ लाख २९ हजार ४ सय ६८ जनालाई न्यूनतम १० कित्ता गरी २२ लाख ९४ हजार ६८० र २ जनालाई थप १ कित्ता गरी जम्मा २२ लाख ९४ हजार ६८२ कित्ता शेयर बाँडफाँट गरिएको छ ।
बाँडफाँटको नतिजा प्रभु क्यापिटलको वेबसाइट तथा सीडीएससीको वेबसाइट बाट हेर्न सकिने बताइएको छ ।















प्रतिक्रिया