१ कार्तिक २०८३, आइतबार

क्षणभरमै ढालियो इन्डियाका ‘ट्वीन टावर’, भ्रष्टाचारविरुद्धको संघर्षले पायो सफलता

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँ दिल्ली, १२ भदौ । भारतको नोयडामा कानुन विपरीत निर्माण गरिएका दुईवटा टावर क्षणभरमै भत्काइएको छ ।

सुपरटेक बिल्डरले निर्माण गरेका यी टावर एपेक्स र केयन नामबाट चिनिएका थिए ।

यो सँगै अब भारतको नोएडाको सेक्टर ९३ ए मा रहेको ट्विन टावर अब इतिहास बनेको छ । दुबै भवन विष्फोटबाट ध्वस्त पारिएका छन् । यसबाट भ्रष्टाचारविरुद्धको एक दशक लामो सङ्घर्षको विजय भएको चर्चा भारतीय मिडियाहरूले गरेका छन् ।

भवनमा राखिएको विष्फोटक पदार्थ बटन थिच्दा भएको विस्फोटले ‘वाटर स्प्रिङ’ झैं भवन खसेपछि आकाशमा धुलोको बादल मडारिएको थियो ।

‘वाटरफल इम्प्लोसन’ प्रविधि प्रयोग गरेर १५ सेकेन्डभन्दा कम समयमै टावरहरू भत्काइएको थियो । अहिले कतैबाट पनि क्षतिको खबर आएको छैन । धुलो सफा गरेपछि मात्र वरपरका भवनको जाँच गरी क्षति भए नभएको थाहा हुनेछ ।

यी भवनहरू पहिले नै खाली गरिसकेका थिए । वरपरका सडकहरू पनि पूर्ण रूपमा बन्द भएका थिए र लकडाउनपछि पहिलो पटक यस क्षेत्रमा यस्तो सन्नाटा देखिएको थियो । नोएडा एक्सप्रेसवेमा ट्राफिक पनि निलम्बन गरिएको थियो ।

अर्बौंको लागतमा बनेको ट्वीन टावर किन भत्काइयो ?

सुपरटेकले ट्विन टावर बनाउन २०० करोड रुपैयाँ खर्च गरेको थियो र ८०० करोड रुपैयाँ कमाउने अपेक्षा गरेको थियो । दुईमध्ये एउटा भवन एक सय मिटर र अर्को ९७ मिटर अग्ला छन् । उनीहरूको नाम एपेक्स र सियान राखिएको थियो ।

गत वर्ष यही समयमा भारतको सर्वोच्च अदालतले मापदण्ड मिचेर बनाइएका ती ४० तले दुइटा भवन भत्काउन आदेश दिएको थियो । न्यायाधीशद्वय डि वाई चन्द्रचुद र एम आर साहको संयुक्त इजलासले सुपरटेक लिमिटेड ग्रुपकै खर्चमा भवन भत्काउन आदेश दिएको हो ।

यसअघि सन् २०१४ मा अलाहवाद उच्च अदालतले पनि ती दुई भवन भत्काउन आदेश दिएको थियो । उक्त आदेशविरूद्ध भवन बनाउने कम्पनी सुपरटेक सर्वोच्च अदालत गरेको थियो । सर्वोच्चले सरकारी अधिकारीहरूसँगको मिलेमतोमा मापदण्ड मिचेर बनाइएका भवन भत्काउने अलाहवाद अदालतको आदेशलाई सदर गरेको हो ।

सर्वोच्चले ती भवनमा फ्ल्याट किनेका मानिसहरूलाई वार्षिक १२ प्रतिशत ब्याज जोडेर रकम फिर्ता गर्न पनि आदेश दिएको छ । ती दुई टावरमा झन्डै ८५० फ्ल्याट थिए । सुपरटेकको अवैधानिक निर्माणविरूद्ध मुद्दा लडेको रेसिडेन्ट्स वेलफेयर एसोसियसनलाई २ करोड भारु तिर्न पनि अदालतले भनेको छ ।

सुपरटेको एमराल्ड कोर्ट प्रोजेक्टअन्तर्गत ती दुई भवनहरू बनाइएका थिए । उक्त प्रोजेक्टअन्तर्गत उक्त कम्पनीले नजिकै अरू पनि भवनहरू पनि बनाएको थियो । ती भवनमा फ्ल्याट किनेकाहरूले सुरूको योजनामा हुँदै नभएका दुई नयाँ भवन पछि बनाइएको र तिनले आफ्नो घरमा आउने प्रकाश र हावा छेक्ने भन्दै मुद्दा हालेका थिए ।

यस्तो थियो भवन