४ कार्तिक २०८३, बुधबार

निर्वाचनपछि जनता बिर्सिने प्रवृत्तिले जनता वाक्क भएका छन् : मन्त्री चौधरी

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

देउखुरी, १२ भदौ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका पोलिट्व्यूरो सदस्य एवम् सहरी विकासमन्त्री मेटमणि चौधरीले निर्वाचनपछि जनता बिर्सिने प्रवृत्तिले जनता वाक्क भएको बताएका छन् ।

हिजो शनिबार लालमटियामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले भने, ‘नेताहरु जनताबाट निर्वाचित हुने तर निर्वाचनपछि जनता बिर्सिने गरेकाले जनता वाक्क भएका छन् । जुन जोगी आए पनि कानै चिरेका जनताले त्यसै भनेका होइनन् । गणतन्त्रका लागि लडेका नेताहरुमा समेत यस्तो प्रवृत्ति देखिनु दर्भाग्यपूर्ण हो ।’

नेता भइसकेपछि जनताका सुख–दुःखबाट टाढा हुन नहुने धारणा राख्दै मन्त्री चौधरीले भने, ‘देश जोगाउने सन्दर्भमा, व्यवस्था परिवर्तन गर्ने सन्दर्भमा, क्रान्तिकारी आन्दोलनको नेतृत्व गर्नेबेला ठूलो कुर्बानी गरेका सीमान्तकृत जनतालाई झनै बेवास्ता गरिएको छ ।’