
पाल्पा, १२ भदौ । बुबाको हत्या गरेको आरोपमा पाल्पामा प्रहरीले १४ वर्षीय बालकलाई पक्राउ गरेको छ ।
शनिबार राति करिब ८ बजे माथागढी गाउँपालिका–४ नेटा बस्ने १४ वर्षीय बालकले आफ्नै ४५ वर्षीय बुबा तिलबहादुर मगरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
बुबा छोराबीच गए राति भएको झगडामा ती बालकले चिर्पटले तिलबहादुरको टाउकोमा हिर्काएका थिए । चिर्पट प्रहारबाट गम्भीर घाइते भएका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।















प्रतिक्रिया