२ कार्तिक २०८३, सोमबार

संगीतकर्मी संघले गर्‍यो तीज विशेष साँस्कृतिक तथा दर खाने कार्यक्रम (तस्वीरसहित)

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ भदौ । राष्ट्रिय संगीतकर्मी संघ केन्द्रीय कार्यसमितिले ‘तीज विशेष साँस्कृतिक तथा दर खाने कार्यक्रम, २०७९’ सम्पन्न गरेको छ ।

नेपाली नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा आयोजित कार्यक्रमको अध्यक्षता संघका केन्द्रीय अध्यक्ष बिक्रम जंग शाहले गरेका थिए । त्यस्तै कार्यक्रमको प्रमुख अतिथिमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीका उपस्थिति थियो ।

उमा श्रेष्ठको संयोजकत्वमा सम्पन्न गरिएको कार्यक्रम केन्द्रीय महासचिव अमृत खातीले सञ्चालन गरेका थिए ।

कार्यक्रममा सांसद लक्ष्मी परियार, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी कार्यवाहक अध्यक्ष रिता थापा मगर, प्रकाश कटुवाल, सरोज लामिछाने, प्रतिमा अर्याललगायत थुप्रै कलाकार, समाजसेवी र पत्रकारहरुको उपस्थिति थियो ।

कार्यक्रममा चर्चित कलाकारहरुको प्रस्तुती राखिएको थियो । उक्त कार्यक्रममा गीत संगीतको लागि नेपाल सरकारबाट सक्दो सहयोग गरि कलाकारहरुको हकहितका लागि काम गरिदिन केन्द्रीय अध्यक्ष बिक्रम जंग शाहले अनुरोध गरेका थिए ।