
इस्लामावाद, १२ भदौ । मनसुनी विपद्मा परी पाकिस्तानमा एक हजार जना भन्दा बढी मानिसको मृत्यु भएको छ ।
यो वर्ष जुनयता करिब तीन महिनाको अवधिका बाढीका कारण पाकिस्तानमा एक हजार जना भन्दा बढी मानिसको ज्यान गएको छ भने दशौँ हजार विस्थापित भएको बताइएको छ ।
बाढीले देशभर भीषण क्षति पुर्याएपछि यहाँको सरकारले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ । अमेरिका, यूके, संयुक्त अरब एमिरेट्स र अरू देशहरूले उक्त अपिल अन्तर्गत सहयोग समेत उपलब्ध गराउन थालेका छन् ।
देशको उत्तरपश्चिममा अवस्थित खैबर पक्तुन्वा प्रान्तमा नदीका तटबन्धहरू भत्किएपछि शक्तिशाली बाढी आउँदा कैयौँ मानिस विस्थापित भएका छन् भने हजारौँ मानिसहरू आफ्नो घरबाट भागेका विवरणहरू बीबीसीले प्रस्तुत गरेको छ ।















प्रतिक्रिया