– विमल विष्ट
डोटी, २३ वैशाख । त्रिबेणी मिडिया नेटवर्क डोटीद्धारा आयोजित आधारभुत रेडियो पत्रकारिता तालिम सिलगढीमा सुरु भएको छ । तालिमको उद्घाटन नेपाल पत्रकार महासंघ डोटी शाखाका अध्यक्ष मिन बमले गर्नु भएको थियो ।
तालिम उद्घाटन कार्यक्रममा बोल्दै उहाँले डोटीमा पत्रकारिताको बिकास हुदै गएको र यस तालिमले अझै सहयोग गर्ने बताउनुभयो । एफएमले पछिल्लो समयमा राम्रा कार्यक्रम सञ्चालन गरिरहेको भन्दै प्रशंसा गर्नुभयो ।
त्यस्तै उद्घाटन कार्यक्रमको अध्यक्षता त्रिबेणी मिडिया नेटवर्कका कार्यकारी अध्यक्ष मोहन शाहीले गर्नु भएको थियो । तालिममा डोटी जिल्लाका बिभिन्न गाबिस र नगरपालिकाबाट १४ जनाको सहभागिता रहेको र तालिममा दृष्टिबिहिन लाल बोहराको पनि सहभागिता रहेको एफएमका स्टेशन मेनेजर प्रकाश बमले बताउनुभयो ।
उहाँले भन्नुभयो–‘डोटीको पत्रकारीतामा अब त दृष्टि बिहिनले पनि चासो बढाउन थालेका छन् यसैमा गौरबाम्वित छौ ।’















प्रतिक्रिया