
काठमाडौं, ११ भदौ । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेको छ ।
पार्टी केन्द्रीय कमिटीको आज सम्पन्न चौथो पूर्ण बैठकले आगामी निर्वाचनमा ओलीलाई नै प्रधानमन्त्रीका रूपमा अगाडि बढाउने नर्णय गरेको हो । त्यसका लागि पार्टीले सरकार बनाउन पुग्ने बहुमत सीटमा जित हासिल गर्ने निर्णय पनि बैठकले गरेको छ ।
दुई दिनसम्म चलेको केन्द्रीय कमिटीको बैठकमा ‘समूह छलफलबाट आएको सुझावअनुसार ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सार्ने निर्णय भएको बताइएको छ ।

















प्रतिक्रिया