४ कार्तिक २०८३, बुधबार

गाउँपालिका अध्यक्ष अधिकारी र पाकिस्तानी राजदूत हाइदरशाहबीच भेट

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ, ११ भदौ । लमजुङको दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारी र पाकिस्तानी राजदूत मिस्टर हाइदरशाहबीच भेटवार्ता भएको छ ।

नेकपा एमाले दोर्दी गाउँ कमिटीका अध्यक्ष समेत रहेका गाउँपालिका अध्यक्ष अधिकारीले केही दिनअघि पाकिस्तानी राजदूतावास भवनमै पुगेर राजदूत हाइदरशाहसँग भेट गरेका हुन् ।

गाउँपालिका अध्यक्ष अधिकारीका अनुसार आपसी सहयोग र नेपालको समसामयिक विषयमा छलफल भएको छ । सो भेटका क्रममा पालिका अध्यक्ष अधिकारीले दोर्दी गाउँपालिका र जिल्लाको गतिविधि जानकारी गराउनाका साथै विकासका लागि सहयोग गर्न आग्रह समेत गरेका थिए ।

सो अवसरमा राजदुत हाइदरशाहले दोर्दी गाउँपालिकालाई सहयोग गर्न आफूहरू तयार रहेको बताएका छन् ।

उक्त भेटका क्रममा पाकिस्तानी राजदूतले दोर्दी गाउँपालिकाको प्रयोजनका लागि ५ थान कम्प्युटर उपलब्ध गराएका छन् । राजदुत हाइदरशाहले पालिका अध्यक्ष अधिकारीलाई सो कम्प्युटर हस्तान्तरण गरेको थिए ।