
काठमाडौं, ११ भदौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा नन्दराज उपाध्यायले चितवन निर्वाचन क्षेत्र नं. ३ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।
नेपालमा सत्ता लिप्साका लागि लोकतन्त्रलाई धराशयी पारिएको भन्दै उनले आफ्नो उम्मेदवारी घोषणा गरेको बताएका छन् । नेपालका शीर्षस्थ नेताहरूले नै लोकतन्त्र बचाउन भूमिका नलेखेको उनको भनाइ छ ।
उनले निर्वाचन रूपान्तरणको लागि पनि आफूले आवाज उठाएको बताए ।















प्रतिक्रिया