
काठमाडौं, ११ भदौ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वामपन्थी शक्तिहरूलाई सक्कली एकता र सहकार्यका लागि आह्वान गरेका छन् ।
हिजो शुक्रबारदेखि शुरूभएको पार्टी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले लोकतान्त्रिक, देशभक्त, प्रगतिशील र वामपन्थीहरूबीच एकता र सहकार्यको आह्वान गरेका हुन् । तर, एकता र सहकार्य सक्कली हुनुपर्नेमा जोड दिँदै उनले एकताको नाममा मुलुकलाई अलमल्याउन भने नपाइने स्पष्ट पारेका छन् ।
बैठक आजै सम्पन्न हुने बताइको छ ।















प्रतिक्रिया