२ कार्तिक २०८३, सोमबार

बुबाहरूप्रति समर्पित गीत ‘मेरो बाबा’ भिडियोसहित सार्वजनिक

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गीतकार उपाध्याय

काठमाडौं, ११ भदौ । विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले बुबाहरूमा समर्पित गीत ‘मेरो बाबा’ सार्वजनिक गरेका छन् ।

बाबुल गिरीको स्वर र सङ्गीत रहेको गीतको लिरिकल भिडियोमा शिलन लम्सालनको सम्पादन छ । गीतको भिडियो डीआर म्युजिक एण्ड क्रियशनमार्फत सार्वजनिक गरिएको हो ।

‘नौ महिनासम्म कोखमै बस्यो सन्तान आमाको
दुबैको भार उचाल्ने काँध थाकेन बाबाको
कर्तव्य बोक्दा कहिल्यै काँध थाकेन बाबाको
बाबालाई चिन्ता आमा र बच्चा परिवार साराको…’

यस्तै यस्तै भाव व्यक्त गरिएको गीतमा हरेक बाबाको सन्तानप्रतिको कत्वर्यबोधलाई प्रस्तुत गरिएको छ र जस्तोसुकै परिस्थितिमा पनि बाबा आफ्नो कत्वर्यबोधलाई निभाउन लागिरहेको हुन्छ भन्ने भाव प्रस्तुत गरिएको छ ।

‘हरेक सन्तानले आमालाई महत्व दिने गर्छन, दिनु पनि पर्छ तर, हामीले बाबाको मत्वलाई पनि त्यतिकै सम्मान गर्नुपर्छ भन्ने हेतुले बाबासम्बन्धी गीत सार्वजनिक गरेको हुँ,’ गीतकार डा. उपाध्यायले भने, ‘बाबासम्बन्धी गीत निकै कम लेखिने भएकोले मैले यस विषयलाई उठान गरेर गीत लेखेको हुँ ।’

गीत सङ्गीत तथा विविध विधामा ११० विश्व कीर्तिमान गर्नुभएका डा. उपाध्यायका १४ वटा उपन्यास पाठकमाझ आएका छन् भने सयौं फरक–फरक शैलीका गीत श्रोता÷दर्शकमाझ आएका छन् । उनको पछिल्लो उपन्यास कृति ‘कशुर’ हालै लोकार्पण गरिएको थियो ।