२ कार्तिक २०८३, सोमबार

सारेगामा म्युजिक अवार्डका लागि आवेदन खुला

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ भदौ । सारेगामा स्टुडियोले आयोजना गर्ने ‘सारेगामा म्युजिक अवार्ड’का लागि आवेदन खुला गरिएको छ ।

पहिलो कार्यक्रममार्फत गीत संगीतमा योगदान दिएका विभिन्न कलाकारहरूलाई प्रोत्साहनका लागि अवार्ड प्रदान गर्न लागेको स्टुडियोका प्रबन्धनिर्देशक विजय गुरुङले जानकारी दिए ।

नेपाली मौलिक गीत संगीतमा योगदान दिएका कलाकारहरुलाई अवार्डमार्फत सम्मान गर्न लागेको संस्थाकी अध्यक्ष तृप्ति खड्का गुरुङको भनाइ छ । आफू पनि गायिका भएकाले कलाकारहरुको उक्त अवार्डले थप हौसला प्रदान गर्नेमा सवश्वास उनको छ ।

राष्ट्रिय, आधुनिक, लोकदोहोरी, पप, लोक आधुनिक, भजन, भाषा भाषी, पर्व, युगल तथा गजल विधामा अवार्ड प्रदान गरिने छ ।

अवार्डका लागि गायक, गायिका, मोडेल महिला, मोडेल पुरुष, गीतकार, संगीतकार, एरेन्जर, सम्पादक, छायाँकार, भिडियो निर्देशक, निर्माता, मेकअप, रेकर्डिस्ट, नायक, नायिका, कथाकार अडियो मिक्सिङ, भाषाभाषीलगायत श्रष्टा र सर्जकले आवेदन भर्न सक्ने बताइएको छ । अवार्ड वितरण भने आगामी मंसिर २ गते गरिने छ ।

सारेगामा नेपालकै पहिलो अपोलो ८ साउण्ड कार्डबाट उच्च गुणस्तरबाट गीत रेकर्ड गर्दै आइरहेको अत्याधुनिक प्रविधिको स्टुडियो हो ।