
इटहरी, १० भदौ । हिन्दु नेपाली महिलाहरुले विशेष रुपमा मनाउने हरितालिका तीजलाइ लक्षित गरेर इटहरीमा अवस्थित लक्ष्मी डान्स स्टुडियोले ‘वाइवाइ तीज डान्सिङ स्टार–२०७९’ सम्पन्न गरेको छ ।
भदौ ९ गते बिहीबार इटहरीको लायन्स क्लब अफ इटहरीको सभा हलमा सम्पन्न भएको प्रतियोगिताबाट मोरङ बिराटचोकको ‘पाथिभरा स्वतन्त्र महिला समाज’ ग्रुप बिजेता भएको छ । सो ग्रुपले बिजेताको ट्रफीसँगै नगद २५ हजार र अन्य पुरस्कारहरू प्राप्त गरेको छ ।

यस्तै प्रतियोगिताको ग्राण्ड फिनालेबाट कञ्चन ग्रुप समूह दोश्रो र दर्शन महिला समूह तेश्रो भएको छ । यी दुई ग्रुपले पनि बिजेताको ट्रफीसँगै क्रमशः नगद १० हजार र ५ हजार रुपैयाँसहित अन्य पुरस्कारहरू प्राप्त गरे ।

वाइवाइ चाउचाउले मुख्य प्रायोजन गरेको प्रतियोगिता पहिलो संस्करण हो । विवाहित महिलाहरूको ७ ओटा डान्स ग्रुपले प्रतिष्पर्धीको रुपमा तीज गीतमा नाचेका थिए ।
फाइनल कार्यक्रममा इटहरी उपमहानगरपालिकाकी उप मेयर संगीता चौधरीको प्रमुख आतिथ्यता रहेको थियो ।















प्रतिक्रिया