४ कार्तिक २०८३, बुधबार

‘एमाले विगतको गीत गाएर होइन, नयाँ एजेण्डा लिएर जनतामाझ जाँदैछ’

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० भदौ । नेकपा एमालेका प्रभावशाली नेता एवम् पूर्वमन्त्री शेरबहादुर तामाङले आसन्न निर्वाचनमा एमालेले पुरानो गीत गाउन भन्दा पनि नयाँ र जनवीविकाको एजेण्डा लिएर जनतामाझ जाने बताएका छन् ।

२०५१ सालदेखि यता एमालेले यस्तो गर्यो, त्यस्तो गर्यो भन्ने कुराहरू समयक्रमसँगै पुरानो हुँदै गएकाले अब नयाँ एजेण्डा र जनजीविकाको कुरा लिएर गाउँ जाने उनको भनाइ छ ।

‘०५१ सालदेखि यस्तो गर्यौं भनेर अब गीत गाउँदैनौं । अब हामी के गर्छौ भनेर बढी फोकस हुन्छौं,’ नेता तामाङले भने, ‘अब पार्टी त्यसमै फोकस हुन्छ । अनुत्पादक क्षेत्रमा लगानी गर्ने कुरालाई अब एमालेले प्रोत्साहन गर्दैन । युवा पुस्तालाई प्राथमिकता दिएर अगाडि बढ्छौँ ।’

अब एमालेले आर्थिक समृद्धि, रोजगारी विकास र पूर्वाधार विकासको एजेण्डालाई बढी भन्दा बढी प्राथमिकता दिने नेता तामाङको भनाइ छ । ‘हामी ऊर्जाको विकास गरेर जान्छौं । सबै जनतालाई घरायसी प्रयोजनका लागि निःशुल्क बिजुली दिन सक्छौं । यसो हुँदा एक खर्बको ग्यास विस्थापित गर्छौं,’ उनले भने, ‘स्वास्थ्य बीमाको पुनर्संरचना गर्छौं । नेपाली जनताको शतप्रशित उपचार निःशुल्क गर्छौं । अब जनताले उपचारको चिन्ता गर्नुपर्दैन । हामी नेपाली जनतासँग गठबन्धन गर्छौं । जनता नै एमालेको भरोसायोग्य साथी हुनेछ । एकचोटी एमालेलाई बहुमत भनेर अपिल गरेका छौं ।’

कांग्रेसले दुई पटक एकल बहुमत पाएबाहेक अरु दलले एकल बहुमत नपाएको उनको भनाई छ । उनले भने, ‘कुनै दलले पनि अहिलेसम्म बहुमत पाएको छैन् । जनताले अब एमाले रोज्ने कि गठबन्धन भन्ने बेला आएको छ ।’