४ कार्तिक २०८३, बुधबार

एमालेको पक्षमा जनमत आउने वातावरण बनाउन अध्यक्ष ओलीको निर्देशन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेको पक्षमा जनमत आउनेगरी काम गर्न नेता–कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आजदेखि शुरू भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले जनतालाई अलमलबाट मुक्त गरेर एमालेको पक्षमा आउने वातावरण बनाउने जिम्मेवारी पार्टीका नेता र कार्यकर्ताको भएको बताउँदै यस्तो निर्देशन दिएका हुन् ।

यस्तै उनले निष्पक्ष निर्वाचन गराउनका लागि पनि सरकारलाई दबाब दिनुपर्ने र सम्बन्धित निकायलाई बेठीक काम गर्नबाट रोक्नुपर्ने बताएका छन् ।