
काठमाडौं, १० भदौ । नेकपा एमालेको केन्द्रीय कमिटीमा मनोजित भएका केन्द्रीय सदस्यहरूले विभिन्न जिम्मेवारी पाएका छन् ।
आज शुक्रबारदेखि शुरू भएको केन्द्रीय कमिटी बैठकले केन्द्रीय कमिटी सदस्यहरूको जिम्मेवारी तोकेको हो ।
धर्मदत्त देवकोटालाई बागमती प्रदेशको सह–इञ्चार्ज, जीवन गौतमलाई लुम्बिनी प्रदेशको सह–इञ्चार्ज, ब्रिजेशकुमार गुप्तालाई लुम्बिनी प्रदेशको सह–इञ्चार्ज र अमृत राजबंशीलाई झापा जिल्ला सह–इञ्चार्जको जिम्मेवारी तोकिएको एमालेले जनाएको छ ।
मंगलबार बसेको स्थायी कमिटी बैठकले दाङका जीवन गौतम, कपिलवस्तुका वृजेश गुप्ता, काठमाडौंका धर्मदत्त देवकोटा र झापाका अमृतलाल राजबंशीलाई केन्द्रीय सदस्यमा मनोनित गरेको थियो ।















प्रतिक्रिया