
काठमाडौं, १० भदौ । पाँच टी–२० अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपाल पराजित भएको छ ।
केन्याको राजधानी नौरबीस्थित जिमखाना क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल केन्यासँग १८ रनले पराजित भएको हो । योसँगै पाँच टी–२० अन्तर्राष्ट्रिय सिरिज दोस्रो खेल सकिदा १–१ को बराबरीमा पुगेको छ । यसअघि नेपालले पहिलो खेलमा ५ विकेटको सहज जित निकालेको थियो ।
१३३ रनको विजय लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा सबै विकेट गुमाएर ११४ रनमात्र जोड्न सक्यो ।















प्रतिक्रिया