
बुछवल, १० भदौ । कपिलवस्तुको मायादेवी गाउँपालिकामा अपरिचित समूहले गोली हानेर एकजनाको हत्या गरेको छ ।
मायादेवी गाउँपालिका–६ मदरहवाका अन्दाजी ५५ वर्षका घुरहु भन्ने रामसमुझ पासीको हत्या भएको प्रहरीले जनाएको छ ।
घरमै बसेका उनलाई दुई जना अज्ञात व्यक्तिले घरबाट बोलाई मायादेवी गाउँपालिका–५ को महादेव र बनकसिया बिचको सडकमा पुर्याएर गोली हानेको बताइएको छ ।















प्रतिक्रिया