
काठमाडौं, १० भदौ । दुबईबाट काठमाडौं आएकी भक्तपुरकी कविता श्रेष्ठलाई विमानस्थलबाट पक्राउ गरिएको छ ।
फ्लाइ दबईको उडानमार्फत हिजो बिहीबार काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेकी भक्तपुर नगरपालिका–८ की स्थायी बासिन्दा ५६ वर्षीया श्रेष्ठलाई ७७० ग्राम सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनको साथबाट स्ल्याक्सभित्र डाइपरमा लुकाइएको अवस्थामा सुन जस्तो देखिने पहेँलो रंगको अर्धठोस वस्तु बरामद गरिएको छ । अबैध रुपमा लुकाई छिपाई भन्सार छली गरी उत्तः सामान लैजान लागेको अवस्थामा फेला पारी आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरणमा बुझाइएको प्रहरीले बताइको छ ।
















प्रतिक्रिया