४ कार्तिक २०८३, बुधबार

छमछमी नाच्दै कमल थापाले भने– मकवानपुरका जनताले मलाई न्याय गर्छन्

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, १० भदौ । राप्रपा नेपालका अध्यक्ष एवम् पूर्वगृहमन्त्री कमल थापाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा मकवानपुरका जनताले आफूलाई न्याय गरी मतदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

आसन्न निर्वाचनमा आफू उम्मेदवार हुने, सबैले सहयोग गर्ने र जित्ने उद्घोष गर्दै थापाले भने, ‘म ५० वर्षदेखि मकवानपुरका जनताको सेवामा अविछिन्न छु, कुनै अनैतिक र बेइमानी काम गरेको छैन, इमान्दारिता, निष्ठा र सेवा मेरो पुँजी हो, यसैको बलमा उभिएको छु, मलाई मकवानपुरका जनताको भरपुर माया र सद्भाव छ ।’

घेराबन्दी, षड्यन्त्र र अन्यायलाई मकवानपुरे जनताले सहन नसक्ने बताउँदै उनले भने, ‘ममाथि षडयन्त्र र अन्याय भएको छ, मलाई विश्वास छ यसपटक मकवानपुरे दाजुभाइ तथा दिदीबहिनीहरूले न्याय गर्नुहुने छ ।’

मकवानपुरे जनताको सुख, दुख र विकासमा दत्तचित्त भएको भिजेको, आफ्नो उर्बर राजनीतिक जीवन मकवानपुरमा नै बिताएको भन्दै थापाले महिलाहरुको हक, हित र अधिकारको संरक्षण आफ्नो प्राथमिकतामा रहेको समेत बताए ।

आज शुक्रबार मकवानपुरको हेटौंडामा राप्रपा नेपाल आबद्ध महिला संगठनद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले महिला अधिकार र मातृ शक्तिको भूमिकाको धेरै चर्चा गर्दै आफू महिलाहरुको पक्षमा रहेको अभिव्यक्ति पनि दिए ।

उक्त कार्यक्रममा पार्टी अध्यक्ष कमल थापा महिला दिदिबहिनीहरूसङ्ग धक फुकाएर छमछमी नाचेका पनि छन् । थापा सांस्कृतिक पर्व तीजको शुभकामना दिने भन्दै आज हेटौंडा पुगेका हुन् ।