
काठमाडौं, १० भदौ । क्रोएशिया पठाइदिन्छु भनी रकम ठगी गरेको अभियोगमा धनकुटा चौबिसे गाउँपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका–९ भिमसेनगोला बस्ने ३८ वर्षीय शान्त कुमार देवान पक्राउ परेका छन् ।
देवानलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका काँडाघारीबाट बिहीबार पक्राउ गरेको हो ।
वैदेशिक रोजगारीको लागि क्रोएशियाको प्रतिष्ठित अटोमोबाइल कम्पनीमा मासिक एक लाख रुपैयाँसम्म तलब हुनेगरी काम लगाइदिन्छु भनी विश्वास दिलाइ पीडितबाट दुई लाख रूपैयाँ ठगी गरेको अरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको छ ।















प्रतिक्रिया