४ कार्तिक २०८३, बुधबार

अध्यक्ष ओलीको अङ्कगणित : बहुमत ल्याउन एमालेलाई १६ प्रतिशत मत अपुग

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई बहुमतका लागि १६ प्रतिशत मत अपुग देखिएको बताएका छन् ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज शुक्रबारदेखि शुरू भएको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमालेलाई बहुमत ल्याउन १६ प्रतिशत मत नपुग्ने बताएका हुन् ।

त्यसका लागि सक्रिय रुपमा एमाले सरकारले गरेका कामको प्रचारप्रसार गर्न उनले पार्टीपङ्क्तिलाई आग्रह समेत गरेका छन् । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणामका आधारमा ओलीले एमालेलाई बहुमतका लागि थप १६ प्रतिशत मत आवश्यक रहेको बताएका हुन् ।

एमालेविरुद्ध भइरहेको महागठबन्धनबाट एमाले आत्तिनुपर्ने अवस्था नरहेको भन्दै उनले १६ प्रतिशत मत वृद्धि गर्न सके आगामी निर्वाचनमा एमालेको बहुमत आउने धारणा व्यक्त गरेका छन् ।

स्थानीय तहको नतिजालाई आधार मान्दा पनि वर्तमान गठबन्धनसँग एमाले डराउनुपर्ने अवस्था नरहेको अध्यक्ष ओलीको भनाइ छ । गठबन्धनको मनोवैज्ञानिक डर भगाएर थोरै मात्र मेहनत गर्दा एमालेले बुहमत पाउने ओलीको भनाइ छ ।