४ कार्तिक २०८३, बुधबार

निहारिकालाई मधेस प्रदेशले पाँच लाख रुपैयाँ दिने, करिश्माको पैसा र चश्मा फिर्ता

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, १० भदौ । बलात्कारपीडित निहारिका सिंह राजपुतलाई मधेश प्रदेश सरकारले आर्थिक सहयोग गर्ने भएको छ ।

आज शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले महोत्तरी जलेश्वरकी राजपुतलाई पाँच लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । आर्थिक अवस्था कमजोर रहेको भन्दै अदालतमा मुद्दा लड्न निहारिकालाई सहज होस् भनेर आर्थिक सहयोग गरेको मधेश प्रदेश सरकारले बताएको छ ।

मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाको सिफारिसमा प्रदेश सरकारले उनलाई सहयोग गरेको बताइएको छ । बलात्कारपछि बच्चा जन्मिएको भन्दै महेन्द्रनगरका शिवराज श्रेष्ठविरूद्ध उनी मुद्दा लडिरहेकी छिन् ।

यसैबीच निहारिकाले अभिनेत्री करिश्मा मानन्धरले दिएको २१ हजार रुपैयाँ र छोरालाई किनिदिएको चश्मा फिर्ता गरेकी छन् । उक्त पैसा फिर्ता गर्न राजपुत गोदावरीस्थित करिश्माको घरमै पुगेकी थिइन् ।

बलात्कारीलाई कारबाही तथा छोराको डीएनए परीक्षणको माग राख्दै निहारिका अनसनमा बसेको बेला गत असारमा करिश्माले उनलाई २१ हजार रुपैयाँ आर्थिक सहयोग गरेकी थिइन् भने उनको छोरालाई एउटा चश्मा किनिदिएकी पथइन् ।

तर, मानन्धरले पछिल्लो साता निहारिकाका निजी तस्वीर सामाजिक सञ्जालमा शेयर गर्दै आफूले उनलाई गरेको सहयोगप्रति पश्चाताप भएको बताएकी थिइन् । सोही घटनाबाट रिसाएकी निहारिकाले उनको पैसा र चश्मा फिर्ता गरेकी हुन् ।