
काठमाडौं, १० भदौ । वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले कानूनमन्त्री गोविन्द बन्दीमाथि कानूनविद्हरू र नेपाली जनतालाई झुक्याएको आरोप लगाएका छन् ।
मन्त्री बन्दीले आफूलाई मात्र संक्रमणकालीन न्यायको ज्ञाता सम्झेर आफूहरूलाई समेत झुक्याने काम गरेको अधिवत्ता त्रिपाठीको भनाइ छ ।
‘यस्तो विधेयक पेश गरेर उहाँको अज्ञानता र वौद्धिक दरिद्रता स्पष्ट भएको छ,’ त्रिपाठीले भने । उनले अन्तर्राष्ट्रिय कानुनअनुसार गम्भीर अपराधको हदम्याद नहुने र त्यसबारेमा विधेयकमा परिभाषित नगरिएकोमा आपत्ति समेत जनाएका छन् ।
हत्या, बलात्कारजस्ता अपराधलाई अहिलेको विधेयकमा कम गम्भीर अपराधमा वर्गीकरण गरेको भन्दै उनले यी अपराधलाई सामान्य भन्न नमिल्ने तर्क गरेका छन् ।
त्रिपाठीले भने, ‘सरकारले जनताको हितविपरीत पीडकमैत्री, संविधानविपरीत र अन्तर्राष्ट्रिय सन्धिहरूको विरुद्धमा कानुन बनाउँछ भने त्यो नेपालको अन्तर्राष्ट्रिय बेइज्जत हो । जनताको प्रतिनिधिहरूले जनताको भावनाअनुसार काम गर्नुपर्छ ।’
उनले सो विधेयकले न्याय खोस्ने भन्दै हत्या, बलात्कारजस्तो अपराधलाई वर्गीकरण गरेर सरकारले गम्भीर गल्ती गरेको टिप्पणी गरेका छन् ।















प्रतिक्रिया