
धरान, १० भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ धरानका लागि अवसर भएको बताएका छन् ।
धरान उपमहानगरपालिकाले आयोजना गरेको वृक्षरोपण कार्यक्रममा सहभागी हुन धरान आएका अध्यक्ष दाहालले मेयर साम्पाङको व्यवहार र आचरणबाट पार्टी र पार्टीका नेता तथा कार्यकर्ताले समेत केही कुरा सिक्नुपर्ने समेत बताएका छन् ।
आफ्ना नेता कार्यकर्तालाई मेयर साम्पाङबाट प्रेरणा लिन आग्रह गर्दै दाहालले भने, ‘साम्पाङजी धरानका लागि अवसरको रूपमा अगाडि आउनुभएको छ, उहाँबाट हामीले पनि केही सिक्नुपर्ने भएको छ ।’















प्रतिक्रिया