
तनहुँ, ९ भदौ । तनहुँदाको म्याग्देमा गाँउपालिकास्तरीय खुल्ला तीज गीत प्रतियोगिता सम्पन्न भएको छ ।
नेपालीहरुको मौलिक चाडको रुपमा रहेको तीजको अवसरमा म्याग्दे गाँउपालिकाले पालिकास्तरीय तीज गीत प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको उद्घाटन गाँउपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले गरेका थिए ।
२१ वटा महिला समूह सहभागी भएको प्रतियोगितामा संगम आमा समूह पहिलो भएको छ भने दोश्रो स्थानमा मिन मावि छात्रा समूह थर्पु र गणेश आमा समूह बेलटारले तेश्रो स्थान हासिल गरेको छ ।
पालिकाभरको आमा समूहहरुको उपस्थिति रहेको प्रतियोगितामा प्रजनन स्वास्थ्य र बाल अधिकार, समृद्ध म्याग्दे हाम्रो सरोकार विषयमा सहभागिहरुले गीत संगीतको माध्यमबाट प्रस्तुति दिएका थिए । प्रतियोगितामा प्रथम, दितीय र तृतीय हुनेलाई क्रमशः १० हजार, ८ हजार र ८ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।















प्रतिक्रिया