४ कार्तिक २०८३, बुधबार

आई–पे रेमिटको गीतमा टिकटक बनाउनेले नगद पुरस्कार पाउने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ भदौ । आई–पे रेमिटको गीतमा टिकटक बनाउनेले नगद २० हजार रुपैयाँसम्म पुरस्कार प्राप्त गर्ने भएका छन् ।

हरितालिका तीजको अवसरमा रेमिटले ल्याएको ‘तीजको रमझम, आई–पे रेमिटको तीज गीतमा नाचौँ छमछम’ विशेष योजना अन्तर्गत टिकटक बनाउनेहरूले ५०० रुपैयाँको मोबाइल टपअपदेखि २० हजार रुपैयाँसम्म नगद पुरस्कार प्राप्त गर्ने भएका हुन् ।

यो योजना भदौ १० गते (भोलि) देखि शुरू भइ १५ गतेसम्म जारी रहने छ । योजना अन्तर्गत उत्कृष्ट टिकटक भिडियो बनाउने ५ जाना भाग्यशाली बिजेताले हरेक दिन मोबाइल टपअप रू. ५००, टिकटक भिडियोमा सबैभन्दा बढी लाइक पाउने सहभागीले लक्की विजेतास्वरूप रू. १५ हजार र बम्पर पुरस्कारमा १ जना भाग्यशाली विजेताले रू. २० हजार प्राप्त गर्नु सक्ने कम्पनीले जानकारी दिएको छ ।