
काठमाडौं, ९ भदौ । सानिमा बैंकले बुबाको मुख हेर्ने दिनको अवसरमा ग्राहकलाई विशेष छूट दिने व्यवस्था गरेको छ ।
उक्त छूट ग्राहकले रेडिसन होटेल (द पेस्ट्री शप), अकामा होटेल, गिफ्टमाण्डू, केक मार्ट प्रालि, बाजेको केक, ओनेक्स ट्रेडिङ प्रालि (द बाइकफार्म नेपाल) र सोवा हेल्थकेयर सेन्टरमा प्राप्त गर्न सक्ने छन् ।
सानिमा बैंकको डेबिट/क्रेडिट कार्ड वा मोबाइल बैंकिङ क्यूआर स्क्यानबाट साझेदारी मर्चेन्टहरुमा भुक्तानी गर्दा २० प्रतिशतसम्मको छूट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
यसैगरी कुनै पनि मर्चेन्टमा ग्राहकहरुले सानिमा मोबाइल बैंकिङको क्यूआर कोडबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम रू. १०० सम्मको छूट प्राप्त गर्न सक्ने पनि बैंकले जनाएको छ । यो योजना भदौ ११ गते मात्र लागू हुने छ ।















प्रतिक्रिया