
काठमाडौं, ९ भदौ । गठबन्धनमा सहभागी अधिकांश दलहरूले हैसियतभन्दा धेरै–धेरै सीटको दाबी गरेपछि सत्ता गठबन्धन दलहरू समस्यामा परेका छन् ।
सीट बाँडफाँटसम्बन्धी बनेको कार्यदलले विवाद मिलाउन नसकेपछि पछिल्लो केही दिनयता दिनदिनै शीर्ष नेताहरूको बैठक बसिरहेको छ । तै पनि आवश्यक निर्णय लिन नसक्दा गठबन्धनमै समस्या आउनेसम्मको सङ्केत देखिन थालेको छ ।
आज बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठकले पनि कुनै निष्कर्ष निकाल्न सकेको छैन ।
उक्त बैठकमा सरकारको नेतृत्व गरिरहेको नेपाली काङ्ग्रेसले १०० सीट दाबी गरेको छ । जानकारी अनुसार नेकपा माओवादी केन्द्रले ६० सीट, नेकपा एकीकृत समाजवादीले ४० सीट, जनता समाजवादी पार्टी (जसपा)ले ३२ सीट र राष्ट्रिय जनमोर्चाले दुई सीट दाबी गरेको छ ।
यिनै दाबीहरूबारे दलहरू पछि हट्न नसक्दा बाँडफाँटमा समस्या भइरहेको बताइएको छ ।















प्रतिक्रिया