१ कार्तिक २०८३, आइतबार

केन्यासँगको पहिलो टी–२० मा नेपाल विजयी

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ भदौ । नेपालले पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमा घरेलु टोली केन्यामाथि ५ विकेटको सहज जित हात पारेको छ ।

१३१ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरी जित हासिल गर्न सफल भयो । जितसँगै पाँच खेलको श्रृङ्खलामा नेपाल टी–२० अन्तर्राष्ट्रिय खेलको सिरिजमा १–० को अग्रतामा पुगेको छ ।

नेपाली टोलीमा सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आसिफ शेख (विकेटकिपर), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, आदिल अन्सारी, करण केसी, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, बसिर अहमद, अर्जुन साउद (विकेटकिपर), पवन सरार्फ, साहब आलम, किशोर महतो, विवेक यादव छन् ।