४ कार्तिक २०८३, बुधबार

जसले वीरञ्ज हेल्थ केयर हस्पिटल र डाक्टरको लापरबाहीका कारण छोरा गुमाए

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ भदौ । वीरञ्ज हेल्थ केयर हस्पिटल र त्यहाँका चिकित्सकको लापरबाहीले पर्सा छिपहरमाई गाउँपालिका–२ चेरङ्गमहाका फिरोज मिया अन्सारीको मृत्यु भएको भन्दै उनको परिवारले कडा कारबाहीको माग गरेको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर वीरज हेल्थ केयर हस्पिटल र अपरेशन गर्ने डा. आसिफ अन्सारीको कारण छोराको मृत्यु भएको दाबीसहित उनीहरूलाई कडा कारबाहीको माग गरेका हुन् ।

फिरोजलाई स्वास्थ्यमा समस्या आएपछि गत साउन २६ गते वीरञ्ज हेल्थ केयर हस्पिटलमा भर्ना गरिएको मृतकका बुवा जुमन अन्सारीले बताए । फिरोजलाई पत्थरी भएपछि गत साउन २७ गते डा. आसिफ अन्सारीको टोलीले अपरेशन गर्दाको गल्ती नै छोराको मृत्युको कारण भएको अन्सारीले दाबी गरेका छन् ।

उनले भने, ‘छोराको अपरेशन गरेको केही घण्टामा नै दुखाई शुरू भयो, हामीले डाक्टरलाई भन्यौँ, उहाँले केही हुँदैन् भन्नुभयो र फेरि साउन २८ गते दोस्रोपटक अपरेशन गर्नुभयो ।’ उनले दोस्रो अपरेशनपछि छोरालाई भेन्टिलेटरमा राखेको र २९ गते डा. आसिफ अन्सारीले त्यहाँ नियन्त्रण नहुने भनेपछि हेलिकोप्टर चार्टड गरेर ललितपुरको मेडिसीटी हस्पिटल ल्याएको जानकारी दिए ।

मेडिसिटी हस्पिटलमा उपचारको क्रममा फिरोजको गत भदौ ५ गते राति ८ बजे मृत्यु भएको भन्दै उनले सुरुको उपचारमै गल्ती भएको दाबी गरे । उनले भने, ‘डाक्टरको लापरबाहीले नै मेरो छोराको मृत्यु भएको हो ।’

अपरेसन गर्ने बेलामा डाक्टरले ३ वटा नसा काटेको र पत्थरी भित्रै फुटाइदिएको मृतक फिरोजका परिवारले आरोप लगाएको छ । उनीहरूले हस्पिटल सञ्चालक डा. अब्दुल हैज अन्सारी र अपरेशन गर्ने डा. आसिफ अन्सारीलाई कानुनी दायरामा ल्याएर कडा भन्दा कडा कारबाहीको माग गरेका छन् ।