४ कार्तिक २०८३, बुधबार

प्रधानमन्त्री देउवा र प्रधानसेनापति शर्माबीच भेटवार्ता

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको छ ।

कमान्ड सेनापति को–अर्डिनेटिङ कन्फेरेन्सको उद्घाटनका लागि जङ्गी अड्डा पुगेका बेला प्रधानमन्त्री देउवा र प्रधानसेनापति शर्माबीच भेट भएको नेपाली सेनाले जनाएको छ ।

प्रधानसेनापति शर्मासहित करिब १०० जर्नेलले बुधबार मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका थिए । त्यसलगत्तै आज प्रधानमन्त्रीसँग भेटवार्ता भएको हो ।