४ कार्तिक २०८३, बुधबार

कोरोना सङ्क्रमणबाट एकैदिन तीन जनाको मृत्यु, थप ४४४ जनामा सङ्क्रमण पुष्टि

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ ।

यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९९८ जना पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ४४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा देशभर गरिएको ४ हजार ९५४ जनाको नमूना परीक्षणबाट ४४४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९९६ जनाको आरटी–पीसीआर गर्दा २११ जना र २ हजार ९५८ जनाको एन्टिजेन परीक्षण गर्दा २३३ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ लाख ९६ हजार ४४२ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३०७ जना संक्रमित संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या ९ लाख ८० हजार २४५ जना पुगेको छ । यो कुल संक्रमितको ९८ दशमल ४ प्रतिशत हो ।

अघिल्लो दिन देशभर ४ हजार १७७ जनाको नमूना परीक्षण गर्दा ४८७ जनामा संक्रमण पुष्टि भएको थियो भने कोरोना सङ्क्रमणका कारण थप १ जनाको मृत्यु भएको थियो । उक्त दिन १६४ जना संक्रमित संक्रमणमुक्त भएका थिए ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार १९९ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ५८ लाख ८० हजार ३५५ जनाको स्वाब (नमूना) परीक्षण गरिएको छ भने अहिले ४ हजार १९९ जना आइसोलेसनमा छन् ।