४ कार्तिक २०८३, बुधबार

विद्यार्थी सुरक्षा लक्षित विशेष चेकिङ : ४४ जना विद्यार्थीसहित ४१८ जना चालक कारबाहीमा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ भदौ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आइरहेको स्कुल कलेजका विद्यार्थी सुरक्षालक्षित विशेष चेकिङ अभियान अन्तर्गत आज ४१८ जना चालक कारबाहीमा परेका छन् ।

जसअन्तर्गत ट्राफिक नियम उल्लघन गर्ने ४४ जना विद्यार्थी चालक कारबाहीमा परेका छन् । जसमा सवारी चालक अनुमतीपत्र प्राप्त नगरी सवारी साधन चलाउने १६ जना, कागजपत्र साथमा नराखी सवारी साधन चलाउने १८ जना, मादक पदार्थ सेवन गरी सवारी चलाउने ३ जना, तीब्र गतिमा सवारी साधन चलाउने १ जना र अन्य कसुरमा ६ जना विद्यार्थी चालक कारबाहीमा परेका हुन् ।

सोही चेकिङकै क्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने अन्य सवारी साधनका ३७४ जना चालक पनि कारबाहीमा परेका छन् । जसमा बिहानै मादक पदार्थ सेवन गरी सवारी चलाउने ८ जना चालक रहेका छन् ।

जसमध्ये ख्वप बहुप्राविधिक अध्ययन संस्थान भक्तपुरको बा १ क ५४२८ नम्बरको बसका चालक १ जना समेत रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए ।